गोइतको जनतान्त्रिक १६औं वर्षमा प्रवेश

राजनीति

7/26/2019

काठमाडौं, १० साउन । तराई÷मधेशमा सशस्त्र भूमिगत संघर्ष गर्दै आएका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) १६औं वर्षमा प्रवेश गरेको छ ।

नेपाली शासकबाट तराईलाई मुक्त गराउने मुख्य मुद्दा उठाउँदै गोइत सशस्त्र भूमिगत संघर्ष गर्दै आएका छन् ।

‘पूर्णतः अनधिकृत र अवैध नेपाली शासन सत्ताबाट मुक्तिको लागि वालिएको सशस्त्र क्रान्तिको मसाल अहिले प्रज्वलित भइरहेकोछ, अब यसको निभ्ने कुनै खतरा छैन ।’ गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हरेक प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरित गरी बन्दूकको भरमा टिकेका नेपाली राज्य सत्तालाई बन्दूकबाट नै ध्वस्त पारेर स्वतन्त्र तराईलाई मुक्त गर्ने सुनिश्चित छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ