प्रदेशसभा पुस २८ गतेसम्म स्थगित

राजनीति

1/9/2020

जनकपुरधाम, २४ पुस । बिहिबार दिउँसो १ बजेलाई बोलाइएको प्रदेश २ को प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक सुरु नै नभई स्थगित भएको हो ।

अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए । 

गत आर्थिक बर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन ।

सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् । प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ