बदनाम गराउने मनसायले प्रचारप्रसार गरियो : यादव

राजनीति

1/7/2020

काठमाडौं, २२ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्याकर्षण भएको जनाएका छन् ।

केही दिनदेखि ‘उपेन्द्र र चित्रलेखाद्वारा नख्खु खोलाको जग्गा कब्जा’ भन्ने शिर्षकमा आएको समाचारप्रति उनको असहमति रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जग्गाको मामलामा आफ्नो कुनै संलग्नता नरहेको र त्यस विषयमा जानकारी समेत नभएको जनाइएको छ ।

कसैको राजनीतिक स्वार्थबाट प्रेरित भई बिना प्रमाण भ्रम फैलाउन र आफूलाई बदनाम गराउने मनासायले अनावश्यक प्रचारप्रसार गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ