सांसद साहलाई तत्काल रिहा गर्न राजपाको आग्रह

राजनीति

10/16/2019

काठमाडौं, २९ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साह पक्राउ परेसँगै राजपा नेपालले उनको रिहाईका माग गरेको छ । 

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलवार एक विज्ञप्ति जारी गर्दै साहलाई अविलम्ब रिहाई नगरिए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

‘बुद्ध एयरको जहाज घण्टौंसम्म नआउँदा छटपटाइरहेको बिरामीको पीडा हेर्न नसकेर बुद्ध एयरको काउन्टरमा सोधपुछ गर्न जाँदा सामान्य रूपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइयो,’ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’कहिल्यै समयमा नआउने जहाजहरूको मनोमानीविरुद्ध बोल्दा साहलाई काठमाडौं एयरपोर्टबाट पक्राउ गरिएको घटनाको पार्टीले घोर भत्र्सना गर्छ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ