गोली प्रहार घटनामा कारवाहीको माग गर्दै ज्ञापन

राजनीति

8/3/2019

कपिलवस्तु, १८ साउन । कपिलवस्तुमा बिहीबार भएको गोली प्रहार गरि घाइते भएका रामनयन यादवका अपराधीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

समाजवादी पार्टीका नेता यादवमाथि गोली प्रहार भएको घटनामा अपराधीलाई तत्कालै पक्राउ गरि कारवाही गर्न माग गर्दै ज्ञापनपत्र दिइएको छ ।

नेता यादवमाथि गोली प्रहार भएको घटनामा संलग्नलाई कारवाहीका लागि विभिन्न दलका नेताको हस्ताक्षर सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई दिइएको हो ।

समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याललाई बुझाएको ज्ञापनपत्रमा नेपाली काँग्रेसका नेता सुधाकर पाण्डेय, राजापाका नेता कैलाश अग्रहरी, राप्रपा संयुक्तका राम आशिष पाण्डेय, मधेस मानव अधिकार गृहका रबिन्द्रनाथ ठाकुर र समाजबादी पार्टी नेपालका शैलेन्द्र कुमार यादवको हस्ताक्षर रहेको छ ।

घटनाका कारण जिल्लाको शान्ति सुरक्षाको अवस्था खल्बलिएको उल्लेख गर्दै अपराधीलाई पक्राउ गरि तत्कालै कारवाही नगरिए चरणबद्ध आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि बसेको दलहरुको बैठकले घटना प्रति दुखः व्यक्त गर्दे पिडितलाई क्षतिपुर्ति र घटनामा संलग्नलाई कारवाहीका लागी स्थानिय प्रशासनसँग माग गर्ने निर्णय गरेको थियो ।

ज्ञापन पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले ज्ञापन पत्र सम्बन्धित ठाउँमा पुर्याउने प्रतिबद्धाता जहेर गर्दै यस्ता अपराधीक घटना न्यूनीकरण गर्न हामी तयार रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ