सोमबार पार्टी एकीकरण घोषणा गर्दै बाबुराम र उपेन्द्र

राजनीति

5/2/2019

काठमाडौं, १९ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरणको चर्चा चलिरहेको समयमा संघीय समाजवादी फोरम नेपालको नयाँ शक्ति पार्टीसँग पार्टी एकीकरण हुने भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरम नेपालबीच आउँदो सोमबार पार्टी एकीकरण हुने भएको छ । 

दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।

संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ