चीनसँग पनि सीमा विवाद छ : उपसभापति निधि

राजनीति

11/17/2019

रामेछाप, १ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतसँग मात्र नभई चीनसँग पनि सीमा विवाद रहेको बताएका छन् ।

उनले अहिले राष्ट्रिय सहमति बनेको बेला सरकारदे दुवै देशसँग कुटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रेस युनियन रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट यस्तो कुरा बताएका हुन् ।

यो समस्या सडकमा उफ्रिएर वा नारा लगाएर समाधान नहुने बताउँदै कूटनीतिक हिसाबले समाधान गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ