काठमाडौं, ८ साउन । राजपा नेपालका नेता राजेन्द्र महतोले चुरे क्षेत्रको विनाश र तटबन्धको मर्मत नभएकोले हरेक वर्ष मधेश डुबानमा पर्ने गरेको बताएका छन् ।
राष्ट्रिय जनता पार्टीका नेता महतोले बाढी पीडितलाई सरकारले राहत उपलब्ध नगराएको पनि बताए । बाढी प्रभावित क्षेत्र पुगेर फर्केका महतोले बुधबार प्रतिनिधिसभा संसदमा बोल्दै बाढीले जनधनको व्यापक क्षति भए पनि सरकारले उचित राहतको व्यवस्था नगरेको आरोप लगाए ।
बाढी प्रभावित क्षेत्रका जनताले देशमा सरकार छ कि छैन भनेर आफूलाई प्रश्न गरेको उनले बताए । विपत्को समयमा पनि सरकारले आफूहरुलाई बेवास्ता गरेको त्यहाँका जनताको गुनासो छ ।
वर्षेनी बाढी आउँदा तराईका बस्ती डुब्ने भए पनि सरकारले बाढी नियन्त्रणका प्रयास नगरेको महतोले बताए ।
तपाईको प्रतिक्रिया