नेकपा कमिसनबिना चल्नै नसक्ने भएको हो ?

राजनीति

2/25/2020

काठमाडौं, १३ फागुन । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने भएको हो भन्दै संसदमा प्रश्न उठाएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् ।

पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटाको प्रंसग निकाल्दै उनले ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न उठाउँदै कम्युनिष्ट पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् । 

उनले भनिन्, ‘क्या नेपाल कम्युनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना । इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे ।

कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ? बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने । दलाल पुजिँवादको खत्तम किया कम्युुनिष्ट पार्टी ने । और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे । अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुँजिवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए । इसमे कोही फरक नहिँ हे ।’ 

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाएकी छिन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न समेत गरिन् । उनले भनिन्, ‘विधिका शासन कहाँ गया ?

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ