छठपछि समाजवादी र राजपाबीच एकीकरण हुन्छ : यादव

राजनीति

10/31/2019

रुपेन्द्र पटेल, रौतहट, १४ कार्तिक । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले छठ पर्वपछि समाजवादी र राजपाबीच एकता हुने ठोकुवा भएको बताएका छन् ।

बुधबार गृह जिल्ला रौतहट आएका राज्यमन्त्री यादवले समाजवादी र राजपा बीच एकिकरण भएपछि नयाँ बन्ने पार्टी नेकपाको विकल्पको रुपमा स्थापित हुने बताए ।

बुधबार रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कृषि राज्यमन्त्री यादवले अगामी निर्वाचनमा समाजवादी पार्टी नै देशको सबभन्दा ठुलो पार्टी बन्ने दावी गरे । समाजवादी पार्टी सबै जातजातिको मिश्रित पार्टी रहेको र जनताले धेरै विश्वास गरेकाले समाजवादीकै नेतृत्वमा सरकार बन्ने र प्रधानमन्त्री पार्टी अध्यक्ष उपेन्द्र यादव हुने उनले बताए । कार्यक्रममा बोल्दै युवा नेता राजकुमार दासले समाजवादी पार्टीकै कारण देशमा लोकतन्त्र आएको बताएका छन ।

समाजवादी पार्टीको संघर्षका कारण देश अहिले संघीय लोकतान्त्रिक प्रणलीमा गएको र त्यसैको फलस्वरुप देशमा अहिले केन्द्र, प्रदेश र स्थानीय गरी तिन तहको सरकार बनेको नेता दासले दावी गरे । सो आयोजित कार्यक्रममा नेकपा र कांग्रेस पार्टी परित्याग गरी दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश सांसद रामकिशोर यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, समाजवादीका केन्द्रिय सदस्य रेवन्त झा, समाजवादीका जिल्ला संयोजक वृज किशोर यादव, जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ