छिन्नमस्ता गापा–७ मा राजपा र समाजवादीको संयुक्त उम्मेदवार

राजनीति

11/13/2019

सप्तरी, २७ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले संयुक्त उम्मेदवार घोषणा गरेको छ ।

सप्तरीमा चुनावी सहकार्य गर्ने सहमति पत्रमा राजपाको तर्फबाट प्रमिला देवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेद्वार बनाएको हो ।

मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि राजपा र समाजवादीले सहमति गरेको छ ।

राजपाका सप्तरी अध्यक्षमण्डलका संयोजक हरेराम यादव र समाजवादीका सप्तरी अध्यक्ष केदार प्रसाद यादवले सहमति पत्रमा संयुक्त उम्मेद्वारलाई दुवै पार्टीका नेता कार्यकर्ताले विजय बनाउन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ