जथाभावी नबोल्न समाजवादीका नेतालाई आग्रह

राजनीति

12/13/2019

काठमाडौं, २७ मंसिर । समाजवादी पार्टीले पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।

पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोलेमा उसलाई अनुशासनको कारवाही गर्ने भएको हो ।

विगत केही दिनयता केही मिडियामा नेताको उद्धरण सहित पार्टी एकतामा असर पुग्ने गरी समाचार आएका छन् । त्यस विषयमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल भएको थियो ।

कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् । दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रूपमा लिएर आवश्यक अनुशासनको कार्बाही प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ