‘जनअभिमत’ भनेको ‘जनमत संग्रह’ होइन : गृहमन्त्री

राजनीति

3/10/2019

काठमाडौं, २६ फागुन । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११बुँदे सहमतिको बुँदा नं. २ मा उल्लेखित जनअभिमतलाई जनमत संग्रहको रुपमा परिभाषित गरिरहँदा त्यसबारे गृहमन्त्रीले स्पष्टीकरण दिएका छन् ।

आइतबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले जनअभिमत भनेको जनमत संग्रह नरहेको प्रष्ट पारेका हुन् ।

उनले भने, ‘जनअभिमत भन्नाले जनमत संग्रह हुँदै होइन ।’ उनले यस भ्रममा नपर्न आग्रहसमेत गरेका हुन् ।

गठबन्धनका संयोजक डा.सीके राउतले सामाजिक सञ्जालमार्फत् सरकारले जनमत संग्रहका लागि तयार भएको प्रतिक्रिया दिइरहँदा गृहमन्त्रीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

साथै गृहमन्त्रीले डा.राउतको समूहले छुट्टै राष्ट्र निर्माण गर्ने अभियान त्यागिसकेकोसमेत दाबी गरेका हुन् । उनले यस्ता गतिविधि कायमै राखे सहमति विपरीत हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ