जनतान्त्रिक पनि आफ्नो सक्रियता बढाउँदै

राजनीति

5/5/2019

काठमाडौं, २२ बैशाख । डा.मनोज मुक्ति ‘विवेक’ नेतृत्वको तत्कालीन तराई मधेशका भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि राष्ट्रिय राजनीतिमा आफ्नो सक्रियता बढाउन थालेको छ ।

सरकारसँग पटक–पटक वार्ता गरी हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको जनतान्त्रिकले आफ्नो राजनीतिक गतिविधि बढाउन थालेका छन् ।

जनतान्त्रिक “केन्द्रीय सचिवालय“ (हेड क्वाटर) बैठकका निर्णयहरुको सफल एवं प्रभावकारी कार्यान्वयन र ब्यवस्थापन एवं संगठन परिचालन हेतुँ मोर्चाका राष्ट्रिय अध्यक्षकै संयोजकत्वमा सात सदस्यीय “संगठन परिचालन तथा ब्यवस्थापन समिति“ गठन गरेको छ ।

संगठन परिचालन तथा ब्यवस्थापन समितिका सदस्यहरु दिपक सिंह “भाष्कर मुक्ति” लाक्पा तामाङ, प्रेम तामाङ, बुलन यादव, सुमित्रा बास्तोला र दिवस सिंह रहेका छन् ।

जनतान्त्रिकले मुद्दा–विचार मिल्ने राजनीतिक–सामाजिक शक्तिहरु बिच एकीकरण मोर्चाबन्दी कार्यगत एकतालाई युद्धस्तरमा अगाडी बढाउने, नेपाल सरकार, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दल, नेपाल स्थित कुटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग संगठन र नागरिक अगुवाहरुलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

यसैगरी, निर्वाचन आयोगमा दल दर्ता गर्ने, काठमाडौं र जिल्ला सदर मुकाममा विभिन्न पक्षसँग अन्तरक्रिया, छलफल, सम्वाद गर्ने, प्रत्येक स्थानीय तहमा नागरिक सम्वाद गर्ने, वाडदेखि केन्द्रसम्मको सांगठनिक पुनःसंरचना एवं सुदृढीकरण गर्ने, खाडी मुलुक र अन्य बिदेशी भूमिमा रहेका नेपालीसँग सम्पर्क गरि सम्पर्क समितिहरु गठन गर्ने र भदौको पहिलो हप्ता काठमाडौंमा “बृहत बिशाल जनसभा“ गर्ने जनतान्त्रिकका अध्यक्ष विवेकले मधेशवाणीलाई जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ