‘जनमत अपमान दिवस’ मनाउँदै राजपा, ब्ल्याकआउट गर्ने

राजनीति

12/11/2019

काठमाडौं, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ ले जनमत अपमान दिवस मनाउन लागेको छ ।

२०७४ सालको आमनिर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा राजपाका उम्मेद्वार तथा महासचिव राकेश मिश्रलाई प्रशासनको मिलेमतोमा जबरजस्ती पराजय गरेको घोषणा गरेको आरोप लगाउँदै बिहीबार जनमत अपमान दिवस मनाउन लागेको हो ।

राजपाका उम्मेदवारलाई बहुमत प्राप्त हुँदाहुँदै पनि षड्यन्त्रपूर्वक हराइएकोले जनमतको अपमान भएको ठहर गर्दै त्यसको विरोधमा बिहीबार साँझ ७ बजेदेखि सबा ७ बजेसम्म बती बुझाई (ब्ल्याकआउट गरी) विरोध जनाउन आग्रह गरिएको छ ।

राजपा नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. ४ ले एक अपील जारी गर्दै जनमत अपमानको विरोध गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ