बाँके, १९ साउन । जनमत पार्टीले बाँकेको विभिन्न स्थानमा आफ्नो संगठन विस्तार, प्रशिक्षण तथा सदस्यता वितरण कार्य सम्पन्न गरेको छ ।
कार्यक्रम शनिबार कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा सम्पन्न गरेको नेता मोहम्मद हुशेनले जनाएका छन् ।
कार्यक्रम कोहलपुर–१४, डुडुवा–१ र ६, त्यस्तै खजुरा गाउँपालिका–६ मा प्रशिक्षण तथा सदस्यता वितरण गरेको जानकारी युवा जनमत संघका जिल्ला अध्यक्ष ए.के. आजादले जानकारी दिएका छन् ।
कार्यक्रममा नेताहरु मुख्यरूपमा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज इरफान अहमद शेष, बाँकेका नेता मोहम्मद हुशेन शाह, ए.के.आजाद, रियाज शेष, देवराज मौर्या, राजितराम बर्मा, अब्दुल वाहिद शेष, रब्बानी शेष, फारूक हासमी एवं अन्य नेताहरुको समेत सहभागिता रहेको थियो ।
जनमत पार्टीले बाँकेमा आफ्नो जडो मजबूद पार्न कसरत गरिरहेको छ ।
तपाईको प्रतिक्रिया