नेपालगन्ज, १ साउन । नेपालगन्ज (अवधगंज) मा जनमत पार्टीले उपमहानगरपालिकामा रहेका कार्यकर्ताहरुलाई एकदिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा उद्घोषण कार्य ए.के आजादले गरेका थिए भने कार्यक्रमको सभापति जाबिर हल्वाइले गरेका थिए । कार्यक्रमलाई स्वागत मन्तब्य जनमतका नेता मोहम्मद हुशेन शाहदेखि शुरु भएको थियो ।
कार्यक्रममा १ मिनेट मौन धारण गरि सहिदलाइ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमलाई अगाडी बढाउँदै युवा जनमत संघ बाँकेका सचिव देवराज मौर्य र विद्यार्थी जनमत संघ बाँकेका संयोजक रियाज अंसारी, रियाज अहमद शेष समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका जनमतका केन्द्रीय तथा बाँकेका जुझारू नेता इरफान अहमद शेषले कार्यक्रममा संगठनबारे जानकारी र विशेष प्रशिक्षण चलाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका नेताहरुद्वारा विगतमा गरिएका कामकाजको समेत चर्चा गरेका थिए । नेता शेषले मधेशी युवाहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
उनी भन्छन्, मधेशको नाममा धेरै डकैतहरु घुमिरहेका छन्, तिनलाई समाज र मधेशी जनता सामु नङ्ग्याउनुको बिकल्प नरहेको ठोकुवा गरेका छन् ।
कार्यक्रममा लगभग ५ दर्जन कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेता शेषले मन्तब्यकै क्रममा केही दिनभित्रै नेपालगन्ज उपमहानगरपालिकासहित जिल्ला भित्रको सम्पूर्ण स्थानीय निकायमा संगठन बिस्तार भैसक्ने जानकारी दिएका थिए ।
साथै नेपाल सरकारको करनीति र लोकसेवा आयोगको जबर्जस्त बिरोध गरेका छन् । मधेशी जनअधिकार फोरम हुँदै समाजवादीसम्म आइपुगेको दललाइ मधेशको गद्दारको संज्ञा दिएका छन् ।
मधेशी जनता आफ्नो आमूल्य मत नेताहरुलाइ मन्त्री बन्नका लागि नभएर आफ्नो हकअधिकार सुनिश्चितताका लागि दिएको पनि जनाएका थिए ।
समाजवादी पार्टीलाई लक्षित गरि भनेका थिए, अब मधेशमा तपाइँहरु जस्तो बहुरूपियाहरुलाई मधेशबाट मधेशी जनताले स्वयं लखेट्नेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै मधेशभरि एक करोड वृक्षारोपण महाअभियान बारे जानकारीका साथै चुरेलाइ मानवरहित संरक्षण क्षेत्रको लागि हाम्रो पार्टीको बिशेष कार्यक्रम रहेको जानकारी दिइएका छन् ।
कार्यक्रमको समापन जनमत ब्यापर संघका नेता जाबिर हल्वाइले गरेका थिए । कार्यक्रमको आयोजना जनमत व्यापार संघ बाँकेले गरेको थियो ।
तपाईको प्रतिक्रिया