डा.बाबुरामको प्रश्न, ‘अरुको विद्रोह राजनीतिक मुद्दा होइन ?’

राजनीति

8/25/2019

धनगढी, ७ भाद्र । टीकापुर घटनाको चार वर्षपछि थारुहरुले थारुवान राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

सो सम्मेलनमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गरेका छन् ।

कैलालीको टीकापुरमा शनिबारबाट थारुवान राष्ट्रिय सम्मेलन सुरु भएको हो । उनले टीकापुर घटना पूर्णरुपमा राजनीतिक मुद्दा रहेको जिकिर गरेका छन् ।

सत्तामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई नबुझेको उनको आरोप छ ।

उनले भने, ‘आफ्नो अधिकारका निम्ति आवाज उठाउने थारुहरुको विद्रोह चाहिँ विद्रोह नहुने, तपाईँको झापा आन्दोलन मात्र विद्रोह हुने ? तपाईको मुद्दा फिर्ता, यिनीहरुको मुद्दा चाहिँ फिर्ता नहुने ?’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ