जनकपुरधाम, १२ वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले टीकापुर प्रकरणमा दोषी सावित भई जेल चलान भएका रेशम चौधरीलाई जनमत पार्टीले न्याय दिलाउने दाबी गरेका छन् ।
उनले जनमत पार्टीबाहेक अरु कसैले पनि रेमललाई न्याय दिलाउन नसक्ने दाबी गरेका हुन् । त्यसका लागि थारु समुदायको समर्थन आवश्यक रहेको उनले जिकिर गरे । उनले राष्ट्रिय जनता पार्टी नेपालले सरकारमा जान मात्रै चौधरीको मुद्दा उचालेको पनि आरोप लगाए ।
मधेसवादी दलले संजय साहलाई जेलमा राखेर पाखा लगाएको उनको आरोप थियो । यसैगरी जनमत पार्टीले सरकारलाई मुद्दा फिर्ताको सूची बुझाएको छ ।
सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले गृहसचिव प्रेमकुमार राईलाई भेटी मुद्दा फिर्ताको सूची बुझाएका हुन् । फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकार बीचको सम्झौता अनुसार गठबन्धनका नेता कार्यकर्ताहरूमाथि लागेको राज्यविरुद्धको अपराधसहितका सबै मुद्दाहरू फिर्ता लिने सहमतिअनुरूप पहल थालिएको सिंहको भनाइ छ ।
तपाईको प्रतिक्रिया