डा.सीके राउतलाई नागरिक अभिनन्दन गरिँदै

राजनीति

3/19/2019

काठमाडौं, ५ चैत । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई नागरिक अभिनन्दन गरिँदैछ ।

नेपाल सरकारसँग स्वतन्त्र मधेश गठबन्धनले गरेको ११ बुँदे सहमतिलाई ऐतिहासिक उपलब्धि भएको भन्दै जनमत पार्टीले डा.राउतलाई नागरिक अभिनन्दन तथा विजय रैली निकालिने भएको छ ।

आज सिरहाको लहानमा ११ बजे र सप्तरीको रुपनीबाट १ बजेदेखि राजविराज, मंसापुर, हनुमाननगर, योगिनियाँ हुँदै कंकालिनी मन्दिर भारदहसम्म विजय रैली निकालिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ