ढकालले दिए भारतीय प्रधानमन्त्री मोदीलाइ बधाई

राजनीति

2/24/2019

काठमाडौं, ११ फागुन । सियोल शान्ति पुरस्कारबाट सम्मानित भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले बधाई दिएका छन् ।

सियोल पीस प्राइज कल्चरल फाउन्ड़ेसनले अन्तराष्ट्रिय सहयोग तथा विश्वव्यापी आर्थिक वृद्धि बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै प्रधानमत्री मोदीलाई सियोल शान्ति पुरस्कार प्रदान गरेको थियो ।

भव्य सम्मान कार्यक्रममा विशेष आमन्त्रित ढकालले प्रधानमन्त्री मोदीलाई बधाई तथा शुभकामना दिएका हुन् । ढकाल “इन्टरनेशनल अशोशियशन अफ पार्लियामेन्टरियन फर पिस“ (आइएपिपि ) एशिया प्यासिफिकका अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ