काठमाडौं, १६ बैशाख । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संस्थापक नेता अमर यादव नेतृत्वको तराई मधेश फोरम र नेपाल कम्युनिष्ट पार्टीबीच एकीकरण हुने भएको छ ।
भोली मंगलबार बिहान ७ः३० बजे मधेश तराई फोरम र नेकपाबीच एकीकरण हुन गइरहेको कुरा अध्यक्ष यादवले मधेशवाणीलाई बताएका छन् ।
भोली बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आयोजित एक कार्यक्रमका बीच मधेश तराई फोरम नेकपामा समाहित हुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका बेला अमर यादवले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग सहमति गरेर एकता गरेका थिए तर, उपेन्द्र यादवले सहमति पालना नगरेकोले पुनः अलग्गिएका थिए ।
मधेशकेन्द्रित दलहरु अवसरवादी र यिनीहरुले मधेशको मुद्दा समाधान गर्न नसक्ने आरोप लगाउँदै अमर यादव नेतृत्वको फोरम नेकपामा प्रवेश गर्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया