तेस्रो वार्षिकोत्सव मनाउँदै राजपा नेपाल

राजनीति

4/20/2019

काठमाडौं, ७ बैशाख । मधेशका छवटा दल एक भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) तेस्रो वर्षमा प्रवेश गरेको छ ।

मूलधारको राजनीतिमा विभिन्न आरोह अवरोह खेप्दै राजपाले दुई वर्षको आफ्नो यात्रा पूरा गरेको हो ।

२०७४ बैशाख ७ गते मधेशका मुद्दा उठाएर राजनीति गरिरहेका छ दल एक भएका थिए ।

महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई–मधेश सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिलेर बैशाख ७ गते एकता घोषणा गरेका थिए ।

स्थापनादेखि पार्टीको संगठन विस्तारलाई ध्यान नदिइँदा दुई वर्ष अस्तव्यस्त ढंगबाट पार्टी सञ्चालन हुँदै आएको छ ।

पार्टी २ वर्षमा पनि महाधिवेशन गर्न सकेको छैन । यहि महिनाका लागि तोकिएको महाधिवेशन पनि अन्लोल भएको छ ।

पार्टी स्थापनाकालदेखि अध्यक्षमण्डलका संयोजक रहेको महन्थ ठाकुरलाई विवादास्पद तरिकाबाट हटाएर अहिले चक्रिय प्रणाली अनुसार दुई÷दुई महिनाका लागि शीर्ष नेताहरू संयोजकको पद ग्रहण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ