घर–घरमा दीपावली गर्न आह्वान

राजनीति

9/19/2019

कैलाली, २ असोज । संविधान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले घरघरमा दिपावली गर्न आह्वान गरेको छ । संविधान दिवसको अवसरमा तीन दिन घर–घरमा दीपावली गर्न प्रदेश सरकारले आह्वान गरेको हो । असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । 

बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन संविधान दिवस मूल समारोह समितिले २ गते सबै मन्त्रालय, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा एवं व्यानर फहराइने निर्णय समेत गरेको छ ।

त्यही दिन प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने छ । त्यस्तै असोज ३ गते बिहान ७ बजे धनगढीको ट्राफिक चौराहबाट रंगशालासम्म झाँकीसहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षरोपण गर्ने र राजधानी गोदावरीमा पनि वृक्षरोपण गरिने मूल समारोह समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ