काठमाडौं, २८ कार्तिक । समाजवादी पार्टीकी उपाध्यक्ष तथा सांसद रेणु यादवले नेपाल–भारत सीमा विवादलाई सहजरुपमा टुंग्याउनुपर्ने धारणा राखेकी छन् ।
उनले भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका केही भूभाग उता परेको भन्ने कुराहरू आइरहँदा सरकार पन्छिन नहुने बताएकी छन् । नेपालको परराष्ट्र नीति नै खुकुलो रहेको उनको आरोप छ ।
उपाध्यक्ष यादवले यस विषयमा परराष्ट्रमन्त्रीले आफ्नो भूभागबारे व्यापक छलफल गर्नुपर्ने, नेपालको सिमाना कहाँसम्म छ र कहाँ कति मिचिएको छ भन्ने अनुसार गर्न आवश्यक रहेको टिप्पणी गरेकी हुन् ।
भारतको नक्सामा यदि नेपाली भूभाग परेको छ भने सरकारस्तरबाट नै छलफल हुनुपर्छ उनले भनिन्, किनभने नेपालको भूभाग कुनै पनि छिमेकी मुलुकले लिनु हुँदैन ।
आफ्नो सिमानाबारे कुनै किसिमको गृहकार्य देखिएको छैन । आफ्नो मुलुकप्रतिको गम्भीरता देखिएको छैन । यस्तो गम्भीर विषयहरूमा जसरी दुवै मुलुकका उच्चस्तरीयरूपमा बैठक गरी टुंगो लगाउनुपर्ने थियो । त्यसपछि सरकारको चासो छैन ।
तपाईको प्रतिक्रिया