नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने (सहमतिपत्रसहित)

राजनीति

1/19/2020

काठमाडौं, ५ माघ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ ।

आइतबार नेकपा, राजपा र नेसंसपाबीच दुईबुँदे सहमति भएको हो ।

सहमतिमा राष्ट्रियसभा चुनावमा नेकपा र राजपाका उम्मेदवारहरुलाई नेसंसपाले सघाउने पहिलो बुँदामा उल्लेख गरिएको छ भने दोस्रो बुँदामा आगामी दिन राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान गरिने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा नेकपाका तर्फबाट महासचिव विष्णुप्रसाद पौडेल र कार्यालय सचिव श्रीराम पौडेल, राजपाका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर र नेता राजेन्द्र महतो र नेसंसपाका तर्फबाट अध्यक्ष रिजवान अन्सारी र वरिष्ठ नेता अनन्त राईले हस्ताक्षर गरेका छन् ।
नेकपा र राजपाको गठबन्धनलाई जिताउन यसअघि दुवै पार्टीले ह्वीपसमेत जारी गरिसकेको छ ।

 No photo description available.
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ