नेकपा–राजपा गठबन्धन विजयी

राजनीति

1/23/2020

काठमाडौं, ९ माघ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का नेकपा र राजपा नेपालको गठबन्धन विजयी भएको छ ।

राष्ट्रियसभाका लागि गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा र राजपाका उम्मेदवार विजयी भएका छन् भने कांग्रेस र समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भएका छन् ।

प्रदेश २ मा दलित सदस्य पदमा नेकपाका राधेश्याम पासवान र अन्यका तर्फबाट राजपाका मृगेन्द्र यादव निर्वाचित भएका छन् । नेकपाका राधेश्याम पासवानले समाजवादीका रामप्रित पासवानलाई पराजित गरेका हुन् ।

राधेश्यामले ५ हजार २ सय ९२ र रामप्रितले ४ हजार ७ सय ४ मतभार पाएका छन् ।

त्यस्तै राजपाका मृगेन्द्रकुमार सिंह यादवले समाजवादीका अनिरूद्ध सिंहलाई पराजित गरेका हुन् । मृगेन्द्र अनिरूद्रका दाई हुन् । मृगेन्द्रले ५४०० मत ल्याए भने अनिरूद्धले ४५१२ ल्याए ।

दाजुभाईबीच नै भिडन्त भएपछि यी दुई बीचको प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको थियो । यसैगरी प्रदेश २ बाटै राष्ट्रियसभा सदस्यमा नेकपाकी तुलसा दाहाल निर्वाचित भएकी छन् ।

महिलातर्फ उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् । नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् । यस्तै राजपाबाट शेखर सिंह पनि विजयी भएका छन् ।

उनी ५५०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पजियारले ४५१२ मत ल्याए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ