वीरगन्ज, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गर्दै नेकपा पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न ‘प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण’ गठन गर्न माग गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्रमा पछिल्लो बाढीका कारण डुवानमा परेका परिवारलाई तत्काल सक्दो राहत उपलब्ध गराउन माग गर्नुको साथै १५ वटा बुँदामार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
तपाईको प्रतिक्रिया