नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर

राजनीति

9/25/2019

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सहयोगरसहकार्यका लागिसमझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीपत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ