काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले ट्वीट गरेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’ उनले राजीनामा दिएको घोषणा गरेलगत्तै ट्वीटरमा आफ्नो प्रोफाइल पनि परिवर्तन गरेका हुन् ।
आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रेस खरिदका विषयमा मोलमोलाइ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएपछि चौतर्फीरूपमा राजीनामाको माग उठेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद नै अवरूढ गरेको थियो ।
बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
तपाईको प्रतिक्रिया