नेपालाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्दछ : प्रम ओली

राजनीति

4/18/2019

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।”

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताएका छन् । “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रम ओलीले भने “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन् ।”

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ