बाँके, ११ साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जिल्ला कार्यालय नेपालगन्जमा उद्घाटन भएको छ ।
शनिबार नेपालगंज उपमहानगरपालिका वार्ड नम्बर–९ चारबाहिनी विधिवत रुपमा जनमत पार्टीका स्थायी सदस्य एवं केन्द्रीय सदस्यीय अब्दुल खानद्वारा रिबन काटी कार्यालयको उद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गरिँदै नेता खानले नेता, नीति र नियत उपयुक्त भएको हुनाले जनमत पार्टी जनताका लागि एकमात्र विकल्पको रुपमा खडा भएको बताएका छन् ।
जनमत पार्टीको आधार स्तम्भ, विधान र घोषणापत्रको धारणामा प्रकाश पारे । कार्यक्रममा सैकडो नेता कार्यकर्ताहरुको उपस्थिति थियो । कार्यक्रम संचालन अनवर खान आजाद र स्वागत मोहम्मद हुसेन साहले गरेका छन् ।
कार्यक्रमलाई समापन गर्दै जनमत पार्टीको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज ईरफान शेषले गरे ।
समापन गरिदै नेता शेषले सम्पूर्ण नेता कार्यकर्ताहरुले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए । विगतमा आफूले झेलेको समस्यालाई सुनाउँदै सम्पूर्ण सदस्यहरु भावुक भएका थिए ।
तपाईको प्रतिक्रिया