नेपाल तीव्र परिवर्तनको क्रममा छ : प्रधानमन्त्री ओली

राजनीति

3/23/2019

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन् ।

गीतकार एवं पूर्वप्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए ।

“हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ” प्रधानमन्त्री ओलीले भने “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताए । “हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौ” प्रधानमन्त्री ओलीले भने “हरेक व्यक्तिले महसुस गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ ।”

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको सृजनसिलताको प्रशंसा गरेका छन् । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यति राम्रो सृजना गर्नुभएको छ” प्रधानमन्त्री ओलीले भने “उहाँको सृजनशिलता धेरैजनाका लागि यो प्रेरणाको स्रोत हुनसक्छ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ