काठमाडौं, ६ बैशाख । नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५१ वर्षमा प्रवेश गरेको हो ।
नेपाल विद्यार्थी संघको ५१औँ वर्ष प्रवेशको उपलक्ष्यमा अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
अध्यक्ष ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथअघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया