मोरङ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् ।
आफ्नो जिवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचार अनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
आइतबार मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचार अनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गरे ।
कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरेपनि जननेता भण्डारीको विचार अनुसारै अब देशको सुशासन र विकाश हुने बताए ।
तपाईको प्रतिक्रिया