जनकपुरधाम, २८ पुस । प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पुस २४ गतेलाई बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो भने आज दिउँसो १ बजे बस्ने भनिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ ।
अब अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन ।
यसले गर्दा प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा छलफल अगाडि बढ्न सकेको छैन । गत आर्थिक वर्षका योजनाहरुको बाँकी भुक्तानी नपाएसम्म प्रदेशसभा बैठक बस्ने नदिने अडान सांसदहरुको छ ।
प्रदेशसभाको बैठक अन्यौल भएसँगै संसदमा दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया