जनकपुरधाम, २० फागुन । प्रदेश २ को नाम टुंगो लगाउन यही २३ गते मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरलाई बनाउने सहमति गरेका दलहरुबीच नामबारे भने सहमति जुट्न सकेन ।
‘प्रदेशको नामाकरणका लागि धेरै पटक बैठक बस्यौं, तर सहमति हुन सकेन,’ सभामुख सरोज यादवले भने, ‘त्यसैले मतदानमा लैजाने सहमति भएको छ ।’ उनका अनुसार प्रदेशको नामबारे २२ गते प्रदेशसभामा छलफल हुनेछ भने २३ गते मतदान हुनेछ ।
दर्ता भएको चार वटै प्रस्तावमा मतदानमा लगिनेछ । सत्तारुढ समाजवादी र राजपाले मधेश, प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेको छ । यस्तै केही सांसदले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।
तपाईको प्रतिक्रिया