काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधनका क्रममा मधेशी दलको पनि माग पूरा गर्नुपर्ने बताएका छन् ।
पार्टी मुख्यालय बसेको केन्द्रीय कार्य समितिको बैठकमा नेता निधिले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालसहितले उठाउँदै आएको संविधान संशोधनको मागलाई अहिले नै सम्बोधन गरेर जानुपर्ने मत राखे ।
‘मधेशी दलहरुले उठाएका मुद्दालाई पनि यतिखेर सम्बोधन गरेर जाऊँ’, निधिले बैठकमा भने । उनले भने, ‘भारतले हडपेको जमिनसहितको नक्सालाई संविधानमा समावेश गर्ने क्रममा यी माग पनि पूरा गरेर अघि बढ्ने गरी कांग्रेसले निर्णय गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया