कपिलवस्तु, १८ भाद्र । नेपाली कांग्रेस कपिलवस्तुले नयाँ संचरनाअनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।
संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खाँ, २ मा केशव कुमार श्रेष्ठ र ३ मा अकिल मिया रहेका छन् । यस्तै क्षेत्र नम्बर १ को क को सभापतिमा शालिकराम चौधरी, ख मा वलीउद्दीन मुसलमान, २ को क मा राजेश्वर सिंह र ख मा गिरीजेश पाण्डे तथा ३ को क मा जयन्त्री प्रसाद चौधरी र ख मा बिनय गिरी रहेका छन् ।
यस्तै समितिले भदौ २४ गते देखि फेरी जागरण अभियान संचालन गर्ने निर्णय गरेको पार्टी सह सचिव बिरेन्द्र शुक्लाले बताए
तपाईको प्रतिक्रिया