काठमाडौं, २४ कार्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने भएको छ । मुलधारको राजनीतिमा आएको जनमत पार्टीले पहिलो पटक निर्वाचनमा सहभागीता जनाउन लागेको हो ।
पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनले संघ र प्रदेशसभा क्षेत्रका लागि उम्मेदवारी नदिने स्थानीय तहको उम्मेदवारी दिने मधेशवाणीसँगको कुराकानीमा बताए ।
झापादेखि कंचनपुरसम्म उम्मेदवारको नाम सिफारिस गर्ने खानले बताए । स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया