नेकपाले गर्यो निर्वाचन आयोगमा दल दर्ता

राजनीति

9/12/2019

काठमाडौं, २६ भाद्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।  आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपाले निर्वाचन आयोगमा दल दर्ता गराएको हो । बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्वको टोलीले आयोगमा दल दर्ता गराएको हो ।

नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको पत्र पार्टीको निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव ईश्वरी रिजाल लगायतको टोलीले आयोगमा पत्र दर्ता गराएको हो । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहहरुमा रिक्त रहेका पदहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ