काठमाडौं, ३ माघ । राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नश्लवादी राष्ट्रवादले मुलुक नबन्ने बताएका छन् ।
उनले भने,‘नश्लीय राष्ट्रवादको कारण संघीयता पंगु बनाइएको छ । आफ्नो अनुहारको संघीयता चाहनेहरुमाथि गोली चलाएर संविधान जारी भयो । यसले गर्दा साझा फूलबारीको संविधान बनेन ।
नश्लवादीहरुले बनाएको संविधानले जनताको हित गर्न सक्तैन । नश्लवादी सोचले बनाइएको संविधानमा आदिवासी, जनजाती, पिछडिएको वर्ग, क्षेत्र र मधेशीको भावनालाई समावेश गर्न सकेको छैन । नश्लीय राष्ट्रवालाई पराजित गर्न नयाँ संगठन र नयाँ तागतको खाँचो छ । कम्युनिष्ट र कांग्रेसले देश बनाउन सक्दैन भन्ने कुरा उनीहरुको शासन हेरेर प्रमाणित भइसकेको छ ।’
बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नामधारी, विचारीधारी कम्युनिष्ट र कांग्रेसको समय सकिएको पनि दाबी गरे । युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई संयोजक महतो, नेता महन्थ ठाकुर माला, अविर लगाउँदै पार्टी प्रवेश गराए ।
तपाईको प्रतिक्रिया