काठमाडौं, १० वैशाख । राष्ट्रिय जनता पार्टी राजपाको पदाधिकारी बैठकमा आज पनि बस्दैछ । आजको बैठकमा सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपसमहासचिवले धारणा राख्ने कार्यसूची तय भएको छ ।
हिजो अध्यक्ष मण्डलका ६ जना नेताले धारणा राखेकाले आज अन्य नेताले धारणा राख्ने महासचिव मनिस कुमार सुमनले जानकारी दिनुभयो । महाधिवेशन लक्षित बैठकमा धारणा राख्ने अध्यक्ष मण्डलका नेताको फरक फरक अभिव्यक्ति आएको छ ।
अध्यक्ष मण्डलको नेतृत्व गरिरहनु भएका शरदसिंह भण्डारीले ६ वटा दल मिलेकाले पहिले एकता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।
अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादवले पहिले विधान र सदस्यताको विषय टुङ्ग्याउनु पर्ने बताउनुभयो । महाधिवेशनको विषयमा अध्यक्ष मण्डलका नेताको फरक फरक धारणा आएपनि पदाधिकारी सबैको धारणापछि निष्कर्षमा पुग्ने सुमनले बताए ।
पार्टी एकता भएको एक वर्षमा महाधिवेशन गर्ने भनिएपनि दुई वर्ष बितिसक्दासम्म महाधिवेशन हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया