पिपरा गाउँपालिका अध्यक्षका लागि जनमतबाट अञ्जली देवी

राजनीति

11/13/2019

महोत्तरी, २७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार टुंगो लगाएको छ ।

पिपरा गाउँपालिका अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेद्वार बनाएको हो ।

प्रदेश २ मा क्लिनस्वीप गर्ने दावी जनमतका अध्यक्ष डा.सीके राउतले गर्दै आएका छन् । पिपराको चुनावबाट कस्तो परिणाम आउने हो यो चुनौतीको विषय बनेको छ ।

डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् ।

पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित विनोद चौधरीको निधनपछि नयाँ अध्यक्षका चुनाव हुन लागेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ