प्राकृतिक प्रकोप प्राधिकरण गठन गर्न राजपाको माग

राजनीति

9/3/2019

काठमाडौं, १७ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालले प्राकृतिक प्रकोप प्राधिकरण गठन गर्न माग गरेको छ । सोमबार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकले यस्तो माग गरेको हो ।

बाढीबाट पीडितहरुको उचित क्षतिपूर्ति र सुरक्षित पुनर्वासको समेत माग गरेको छ । अध्यक्षमण्डलको बैठकले तीन बुँदे निर्णय सार्वजनिक गरेको छ ।

अध्यक्षमण्डलको बैठकले बाढी पीडितहरुका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने, प्राकृतिक प्रकोप प्राधिकरण गर्नुपर्ने र नागरिकता समस्या समाधान गर्नुपर्ने लगायतका विषयहरु बारे मात्र उल्लेख गरिएको छ ।

सो बैठकले महाधिवेशन वा एकताको विषयमा कुनै निर्णय गरेको छैन । महाधिवेशन मिति नजिकिँदै गर्दा त्यसको तयारी देखिएको छैन ।

फेरि पनि तोकिएको मितिमा महाधिवेशन हुनेमा नेता कार्यकर्तामा आशंका देखिएको छ । तर, महाधिवेशनको तयारी वा एकताको चर्चाबारे मौन देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ