प्रचण्डको अभिव्यक्तिप्रति राजपा र फोरमको आपत्ति

राजनीति

5/1/2019

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएका छन् ।

प्रचण्डले मंगलबार मधेश तराई फोरमका अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रदेशको सरकार परिवर्तन हुनसक्ने संकेत गरेपछि राजपा र फोरमले आपत्ति जनाएका छन् ।

राजपा र फोरमका नेताहरुले प्रचण्डको सो अभिव्यक्तिको कडारुपमा आलोचना गरेका छन् । प्रदेश २ को सरकारले जनभावनाअनुरुप काम नगरेको आरोप लगाएका थिए । नेकपाको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आउने सक्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ