कपिलवस्तु, १ असोज । संघीय प्रतिनिधि संसदका सभामुख कृष्णबहादुर महराले सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा छाएको बताएका छन् ।
जनताले दिएको म्यान्डेटलाई राजनीतिक दलहरुले आत्मसात नगर्दा परिस्थिति प्रतिकुल बन्न पुगेको उनको भनाइ छ । कपिलवस्तु बहुमुखी क्याम्पसको ३९ औं स्थापनादिवस एवं शालिक अनावरण कार्यक्रममा मंगलबार संबोधन गर्दै सभामुख महराले जनतामा देखिएका निराशालाई उचित संबोधनका लागि उच्च स्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखे ।
देशका मुख्य पार्टीहरु ने क पा या कागे्रंस पार्टी आफैमा यो र त्यो भनीलाग्दा देश र जनताका समस्या समाधान गर्न तर्फ ध्यार्न नपुगेको उनले बताए ।
तपाईको प्रतिक्रिया