नाम र राजधानी सम्बन्धी प्रतिवेदन हस्तान्तरण

राजनीति

5/2/2019

जनकपुरधाम, १९ वैशाख । । प्रदेश नं. २ को नाम र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित आयोगले आफनो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन हस्तान्तरण पछि डा.हरिवंश झाले प्रदेशको नाम र राजधानी बारे जनता र जनप्रतिनिधिहरुको राय संकलन गर्न आठ वटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ संगठन र सर्वसाधारण समेतको राय संकलन गरि प्रतिवेदन तयार पारिएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदन माथि मन्त्री परिषदमा छलफल गरि नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुझाव संकलन आयोगका सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ