कपिलवस्तु, १५ फागुन । जिल्लाबासीले प्रदेश ५ को नाम लुम्विनी र राजधानी कपिलवस्तु हुनुपर्ने माग गरेका छन् । प्रदेश ५ विशेष समितिले तौलिहवामा राखेको विचार तथा सुझाव संकलन कार्यक्रममा जिल्ला बासीले यस्तो बताएका हुन् ।
कार्यक्रममा वोल्दै पुर्व सिंचाई राज्यमन्त्री एवं कपिलवस्तुका पार्टी सभापति सुरेन्द्रराज आचार्यले हजारौ वर्ष पहिले राजा शुद्धोधनको दरबार कपिलवस्तु भएको हुंदा त्यसैलाई आधार मानी राजधानी बनाउनु पर्ने बताए ।
साथै आर्चायले भारतले नक्कली कपिलवस्तु प्िरचार गरेको बेला प्रदेशको राजधानी कपिलवस्तु राख्दा विश्व सामु समेत राम्रो सन्देश जाने बताए ।
साथै आर्चायले नेकपाका नेताले दाग जिल्ला र रूपन्देही भनि तानातान गरेको बेला दुवैलाई विच पर्ने र सबेको माग सम्वोधन र सहजताको लागी समेत कपिलवस्तु उपयुत्त स्थान रहेको बताए ।
ऐतिहासिक, भौगालिक, पर्यटकीय, भाषभाषी, साम्प्रदाियक सदभाव, औधोगिक,क्षत्र, जग्गा जमिन वन जंगल र अन्य जिल्लाका जनताहरू समेत सहज पहुच हुन सक्ने भएकाले कपिलवस्तु नै प्रदेशको राजधानीका लागि उपयुक्त रहेको उनीहरू बताउँछन् ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेललले ऐतिहासिक र पर्यटकीय हिसाबले प्रदेश नम्बर ५ को सबै भन्दा संपन्न कपिलवस्तु रहेको बताए ।
५ घन्टा भित्र १२ वटै जिल्लाका मानिसहरू कपिलवस्तुमा सहजै पुगन सक्ने, राजधानीका बनाउनकालागि चाहिने ३ सय बिघा जमिन, ४० मिनेट भित्रै अन्तराष्ट्रिय बिमान स्थलमा पुग्न सकिने लगायतका सुबिधाहरू भएकाले प्रदेशको राजधानी सबै हिसाबले कपिलवूस्तु नै उपयुक्त रहेको उनले बताए ।
पत्रकार महासंघका जिल्ला सभापति ढिलराम भुसालले राजधानी कपिलवस्तु र नाम लुम्बिनी निर्बिकल्प हुनु पर्ने माग गरे । यसका लागि आफुहरूले मिडियाबाट अभियान समेत चलाउने बताए ।
उता तौलिहजा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले राजधानी तिलौराकोट र नाम बुद्ध प्रदेश राख्नु पर्ने सुझाव दिए ।
सो क्रममा बाणगां नगरपालिकाका मेयर मंगल प्रासद थारू, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापा नेकपा जिशलला नेता झवी पोख्रेल, संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष कैलेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधीराम आचार्य, राजपा नेता कालीपद शर्मा, चन्द्रौटा ब्यापार संघका अध्यक्ष महादेब पोख्रेलल, कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख नवराज तिवारी लगायतले पनि प्रदेशको राजधानी कपिलवस्तु र नाम लुम्बिनी राख्नु पर्ने माग गरे ।
सो अवसरमा बिशेष समितिका संयोजक दिपेन्द्र कुमार महरले प्रदेशको राजधानीको बिषयमा जटि बन्र्दै गएकाले बिशेष समितिले सुझाव संकलन गरिएको बताए । सबै जिल्लाबाट आएको सुझाव अध्ययन गरे पछि बिशेषत्र टोलीको सुभाव र अध्ययन पछि राजधानी तोकिने उनले बताए ।
सो अवसरमा समिति सदस्य तारा क्षेत्रीले प्रदेशका राजधानी र नाम टुंगा लगाउन तर्फ प्रदेश सरकरा अग्रसर भएको बताईन । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा भएको थियो ।
कपिलवस्तु बासीले गत साल समेत कपिलवस्तुलाई राजधानी बनाउन विभिन्न कार्यक्रम तथा दवाव मुलक कार्यक्रम संचालन गरिरहेका छन् ।
त्यसको लागी राजमार्ग क्षेत्रको जुनसुकै स्थानमा बनाउन सकिने उनले बताए । ऐतिहासिक, आर्थिक, भौगोलिक लगायतका सबै हिसाबले उपयुक्त भएकाले प्रदेश नम्बर ५ को स्थायी राजधानी प्राचिन कपिलवस्तुमा राख्नु पर्ने सुझाव दिइएको छ ।
प्रदेश नम्बर ५ को स्थायी राजधानी बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तु राख्नु पर्ने एकमतले सुझाव दिईएको हो । जिल्लाका राजनीतक दलको नेता, ब्यापारी, स्थानीय निकायका प्रमुख सहीत सरोकारवाला सबैले राजधानी कपिलवस्तु र प्रदेशको नाम लुम्बिनी राख्न सुझाव दिएका हुन ।
भगवान गौतम बुद्धको क्रिडास्थल र राजधानी र त्यति बेला देखि नै केन्दै रहदै आएको प्राचिन कपिलवस्तु नै प्रदेशको राजधानी राख्न उपयुक्त रहेको उनीहरूको भनाई छ ।
तपाईको प्रतिक्रिया