प्रदेशको १ को नाम र राजधानीका सूचना जारी

राजनीति

4/29/2019

विराटनगर, १६ बैशाख । प्रदेश १ को नाम र राजधानीका लागि प्रदेशसभाले सूचना जारी गरेको छ ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभा सचिवालयले आइतबार नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको हो ।

प्रदेशसभा सचिवालयका कानून अधिकृत मञ्जु खड्काका अनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्नेछ ।

दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ